भैरहवा विमानस्थलमा ६ महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान
भैरहवा विमानस्थलमा ६ महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान आइतबार एयरबस ३२० को न्यारोवडीको जहाज मध्याह्न १२:४८ मा १७ यात्रु लिएर विमान भैरहवा अवतरण गरेको हो । अवतरण भएसँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ ।
पहिलो त्रैमासमा ५ खर्ब भन्दा बढीको अन्तर्राष्ट्रिय व्यापार
पहिलो त्रैमासमा ५ खर्ब भन्दा बढीको अन्तर्राष्ट्रिय व्यापार भन्सार विभागको तथ्यांक अनुसार यो आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 
बन्द ह्यातले भन्योः होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ 
बन्द ह्यातले भन्योः होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ  २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प सहित सञ्चालन हुने  विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बेचेर मनाए दसैँतिहार
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बेचेर मनाए दसैँतिहार विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको र त्यसैलाई बिक्री गरेर दसैँतिहार मनाउन सफल भएको उनले बताए ।
पेट्रोलियम पदार्थको आयातमा वृद्धि‚ काँकरभिट्टाबाट चार अर्ब ४८ करोडको आयात 
पेट्रोलियम पदार्थको आयातमा वृद्धि‚ काँकरभिट्टाबाट चार अर्ब ४८ करोडको आयात  मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड  ९० लाख ३३ हजारअर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ ।
असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा रविन कडरियाले बताए ।
काठका भाँडाकुँडाबाट आत्मनिर्भर
काठका भाँडाकुँडाबाट आत्मनिर्भर गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको बताउँदै उनी थप्छन्-“कमैयामुक्ति अभियानपछि नयाँ अवसर खोज्दै सीप विकास तालिम केन्द्र पुगे, विसं २०५६ मा काठका भाँडाकुँडा बनाउने तालिम लिए, कमैयामुक्त भएपछि केही समय अनिश्चिततामा थिएँ । त्यो तालिमले मलाई आत्मनिर्भर बनायो ।”
एकातिर तिहार‚ अर्कोतर्फ किसानलाई धान भित्र्याउने चटारो
एकातिर तिहार‚ अर्कोतर्फ किसानलाई धान भित्र्याउने चटारो नेपाली हिन्दुहरूको दोस्रो महान् चाँड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्षदिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।
उद्योगी भन्छन्: प्रमाण नभएको बिलको भुक्तानी किन गर्नु ?
उद्योगी भन्छन्: प्रमाण नभएको बिलको भुक्तानी किन गर्नु ? प्राधिकरणले कानुनी प्रक्रियालाई लत्याएको, उद्योगहरूलाई प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन लगाई, सो प्रक्रियाको लागि कुल विवादित रकमको ५ प्रतिशत बैंक ग्यारेन्टी समेत जम्मा गर्न लगाएपछि, प्राधिकरणको सञ्चालक समितिले सो सम्पूर्ण प्रक्रिया र कामकारबाही स्वेच्छाचारी ढंगले रद्द गरेको उनीहरूको आरोप छ ।
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ ।
लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट
लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट लक्ष्मीपूजाको साँझ देशभर विद्युत्‌को माग १६५० मेगावाट भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६:५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।
Weather Update