जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट
आइतबार, कात्तिक ९, २०८२
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, कात्तिक ९, २०८२
विद्यालयको लागि कम्प्युटर तथा ल्यापटप खरिद गर्दा उनीहरूले चार लाख ७१ हजारभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित
आइतबार, कात्तिक ९, २०८२
युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।
सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित
शनिबार, कात्तिक ८, २०८२
प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।
उपत्यकामा मापसे जाँचमा कडाइ
बिहीबार, कात्तिक ६, २०८२
“हाम्रो उद्देश्य दण्डित गर्नु होइन, चेतना जगाउनु हो । नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिऊन् भन्ने सन्देशका साथ हामी सडकमा खटिएका छौँ । चाडपर्व सुरक्षित, मर्यादित र अनुशासित बनोस् भन्ने नै प्रहरीको अपेक्षा हो‚” प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डमा पाँच महिना पछि पुनः बस सेवा सञ्चालन
मंगलबार, कात्तिक ४, २०८२
तिहारमा बस सेवा संचालन गर्ने प्रतिवद्धता अनुरुप सडकलाई मर्मत गरेर बस सञ्चालन गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । बस सेवा सञ्चालन पश्चात् यहाँका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा लिएको उनले बताएका छन् ।
झापामा यो वर्ष भएन बजार अनुगमन
मंगलबार, कात्तिक ४, २०८२
जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाईले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए । “असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत...
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
मंगलबार, कात्तिक ४, २०८२
प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल
मंगलबार, कात्तिक ४, २०८२
भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन पहल
सोमबार, कात्तिक ३, २०८२
दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका बासिन्दाले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।
सामूहिक आक्रमणमा चार घाइते‚ पूर्व वडाध्यक्ष समेत प्रहरी नियन्त्रणमा
सोमबार, कात्तिक ३, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रिता यादव छन् । गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।
जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन
आइतबार, कात्तिक २, २०८२
मन्त्रालयले अत्यावश्यक सेवा (सडक, सञ्चार, विद्युत्, खानेपानी, स्वास्थ्य उपचार, रक्तसञ्चार सेवा, सार्वजनिक यातायात, दमकल, एम्बुलेन्स आदि) मा सेवा अवरुद्ध नहुने सुनिश्चित गर्न निरन्तर समन्वय गर्ने साथै सेवा अवरुद्ध गर्ने बिरुद्ध तत्काल कारबाही गर्न पनि निर्देशन दिएको छ । जिल्लाभित्र वस्तु तथा सेवाको अभाव हुन नदिई सहज तथा नियमित आपूर्ति सुनिश्चित...


