एमाले ११ औं महाधिवेशन : कस्तो बन्दैछ केन्द्रीय कार्यसमिति ?
आइतबार, मंसिर २८, २०८२
एमालेको निर्वाचन कार्यतालिकाः उम्मेदवारी दर्ता सोमबार, मतदान पुस १ गते मंगलबार
आइतबार, मंसिर २८, २०८२
नेकपा एमालेको ११ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
शनिबार, मंसिर २७, २०८२
एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।
प्रधानमन्त्री कार्की मन्त्रिपरिषद विस्तार गर्दै, थपिदै ४ मन्त्री
शुक्रबार, मंसिर २६, २०८२
थप हुन लागेका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईंलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
‘कोड भाषा’ प्रयोग गर्दै भिसिट भिसाको सेटिङ
शुक्रबार, मंसिर २६, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुखका रूपमा कार्यरत रहँदा भिजिट भिसाको नाममा संगठित मानव तस्करी संचालन गरेको आरोपमा सहसचिव तीर्थराज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर कदम चालेको छ । आयोगले बिहीबार विशेष अदालतमा भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल एजेन्सीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने
शुक्रबार, मंसिर २६, २०८२
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समाचारमाध्यमका सम्पादकसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना नगरेमा आफ्नो दल निर्णायक आन्दोलनमा जाने बताएका छन् ।
जेनजी आन्दोलनमा ७ प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति
शुक्रबार, मंसिर २६, २०८२
जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार
शुक्रबार, मंसिर २६, २०८२
सरकारले गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री जगदीश खरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिने विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा मन्त्री खरेलले आयोगको कार्यक्षेत्र विस्तार...
एमाले महाधिवेशनका कारण भक्तपुरमा बढ्यो चहलपहल
बिहीबार, मंसिर २५, २०८२
ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको उनले बताए ।
ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ
बिहीबार, मंसिर २५, २०८२
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओलीले बयान दिन जानुपर्ने बताएका छन् ।
मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने
बिहीबार, मंसिर २५, २०८२
अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ सरकार र जेनजीबीच यस्तो सहमति भएको हो । निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानूनमा संशोधन गर्ने सहमति भएको हो ।
सरकारले जेनजीसँग संविधानसँग बाझिने गरी गर्यो सहमति
बिहीबार, मंसिर २५, २०८२
आफ्नो विद्रोहलाई संस्थागत गर्नुपर्ने मागसहित जेनजीले बुझाएको मस्यौदामा सरकारले संविधान र कानुन बाझिने गरी सम्झौता गरेको छ ।
यादवको नेतृत्वमा पाँच सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन
बुधबार, मंसिर २४, २०८२
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज मनोनयन गरेका हुन्।


