देशभर आजदेखि आर्थिक गणना हुँदै, पाँच हजार जनशक्ति परिचालित
देशभर आजदेखि आर्थिक गणना हुँदै, पाँच हजार जनशक्ति परिचालित देशभर आज (वैशाख २) देखि दोस्रो आर्थिक गणना हुँदै छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
बूढीगण्डकी र दूधकोसी आयोजना दश वर्षभित्र निर्माण गरिसक्ने
बूढीगण्डकी र दूधकोसी आयोजना दश वर्षभित्र निर्माण गरिसक्ने ‘सरकारबाट भायाबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउँदै बूढीगण्डकी, दूधकोसीजस्ता ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिइनेछ‚’ प्रतिबद्धतामा भनिएको छ‚ ‘ऊर्जा–आधारित ठूला उद्योगहरू जस्तै, स्टील, सिमेन्ट, जडीबुटी प्रशोधन, डाटा सर्भर स्टेसन तथा रासायनिक मल उद्योगलाई आकर्षित गरिनेछ।’
अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर : आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
अर्थतन्त्रमा ‘जेनजी’ आन्दोलन र बाह्य द्वन्द्वको असर : आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै यस्तो विषम परिस्थितिमा पनि नेपालको बाह्य क्षेत्रलाई भने रेमिट्यान्सले प्राणवायु प्रदान गरिरहेको छ । नेपाली श्रमिकहरू नयाँ-नयाँ देश पुग्नु र औपचारिक माध्यमबाट पैसा पठाउने क्रम बढ्नुले विदेशी मुद्रा सञ्चितिमा राहत मिलेको छ, जसले व्यापार घाटाको खाडललाई केही हदसम्म पुरेको छ ।
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ, सहकार्य जरुरी छः राष्ट्रपति
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ, सहकार्य जरुरी छः राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिएका छन् ।
खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि
खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ मूल्य बढेको छ ।
नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?
नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ? सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका लागि ‘सुरुङमार्ग उपभोग दस्तुर’ निर्धारण गरेको छ ।
जुम्लाबाट एक वर्षमा तीन करोड बढीको मार्सी चामल बिक्री
जुम्लाबाट एक वर्षमा तीन करोड बढीको मार्सी चामल बिक्री कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुन्छ । गत कात्तिकदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणमा मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर कोषको स्प्रिङ मिटिङका लागि गभर्नर डा. पौडेलसहित आर्थिक अनुसन्धान विभागका प्रमुख रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि अमेरिका जाने भएका छन् ।
घट्यो सुनचाँदीको मूल्य, अब तोलामा कति ?
घट्यो सुनचाँदीको मूल्य, अब तोलामा कति ? नेपाली बजारमा बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो ।
संविधान संशोधन बहसपत्र तयारी थालियो, कार्यदलको पहिलो बैठक सम्पन्न
संविधान संशोधन बहसपत्र तयारी थालियो, कार्यदलको पहिलो बैठक सम्पन्न साहले मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको स्मरण गराए । सोही निर्णयअनुसार चैत १६ गते कार्यदल गठन गरिएको थियो।
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घट्यो, १२५ लिटर पाउनेलाई ७० मात्र
विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घट्यो, १२५ लिटर पाउनेलाई ७० मात्र सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ।
अटोमोवाइल क्षेत्र सुधारबारे अर्थमन्त्री वाग्ले र नाडा प्रतिनिधिमण्डलबीच छलफल
अटोमोवाइल क्षेत्र सुधारबारे अर्थमन्त्री वाग्ले र नाडा प्रतिनिधिमण्डलबीच छलफल जवाफमा अर्थमन्त्री वाग्लेले सरकारले राजस्व संकलन बढाउने उपायहरूबारे गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए। उनले करको दर घटाएर राजस्वको दायरा विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिए। साथै, अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा ठूलो लगानी तथा आगामी बजेट निर्माणका क्रममा नाडासँग पुनः छलफल गरिने उनले बताए।
Weather Update