एमाले नेता महेश बस्नेतसँग प्रहरीको साइबर ब्युरोले लियो बयान
बुधबार, असोज २२, २०८२
गुन्डागर्दीमा सक्रिय गुरुङ पुनः पक्राउ
सोमबार, असोज २०, २०८२
‘गुन्डा नाइके’ सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले पुनः पक्राउ गरेको छ । काठमाडौंका बालाजु, ठमेल क्षेत्रलाई आधार बनाएर उनी गुन्डागर्दीमा संलग्न थिए ।
धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन
शनिबार, असोज ११, २०८२
धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ ।
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
बिहीबार, असोज ९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् ।
गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नूः मन्त्री महावीर पुन
बुधबार, असोज ८, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त बताएका छन्। उनले केही दिन आफूलाई फोन नगर्न र म्यासेज पनि नपठाउन आग्रह गरेका छन्।
जेनजी आन्दोलनपछि पहिलो पटक मुख खोले केपी शर्मा ओलीले, के भने ?
मंगलबार, असोज ७, २०८२
‘बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन,’ ओलीले भने ।
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
मंगलबार, असोज ७, २०८२
काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो ।
देउवा र खड्काको घरमा भेटिएको भनिएको जलेका नोटमाथि अनुसन्धान सुरु
सोमबार, असोज ६, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको अनुसन्धान अघि बढाएको छ।
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग
आइतबार, असोज ५, २०८२
मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ।
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे
शुक्रबार, असोज ३, २०८२
सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताएका छन् । संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन हुने उनको भनाइ छ ।
जेनजी आन्दोलनले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ : प्रचण्ड
शुक्रबार, असोज ३, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले वर्तमान राजनीतिक अवस्थामा परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता रहेको बताएका छन् ।
राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ : देउवा
शुक्रबार, असोज ३, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।


