संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे
शुक्रबार, असोज ३, २०८२
जेनजी आन्दोलनले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ : प्रचण्ड
शुक्रबार, असोज ३, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले वर्तमान राजनीतिक अवस्थामा परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता रहेको बताएका छन् ।
राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ : देउवा
शुक्रबार, असोज ३, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ पुस्ताको चाहानाअनुसार देश विकास हुने विश्वास छ : खिलराज रेग्मी
शुक्रबार, असोज ३, २०८२
आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकांक्षाले नयाँ मार्गचित्र तय गर्ने उनको विश्वास छ ।
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
शुक्रबार, असोज ३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।
आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
शुक्रबार, असोज ३, २०८२
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीसँग आज टेलिफोन वार्ता गर्दै
बिहीबार, असोज २, २०८२
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ ।
असोजभित्रै १० हजार कर्मचारीको दरबन्दी कटौतीको तयारीमा सरकार
बुधबार, असोज १, २०८२
एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ।
राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
बुधबार, असोज १, २०८२
सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।
आयोग निर्वाचनको आन्तरिक तयारीमा, तर प्रमुखसहित दुई आयुक्त पद रिक्त
मंगलबार, भदौ ३१, २०८२
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिति तोकिएपछि निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीमा जुटेको जानकारी दिए।
झुम्का कारागारबाट भागेकामध्ये ७०५ कैदीबन्दी पक्राउ
मंगलबार, भदौ ३१, २०८२
यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाले जानकारी दिए।
विवेकले भने– सार्वजनिक सम्पत्ति जोगाउन जाँदा भिडको उत्तेजनाको सिकार भएँ
सोमबार, भदौ ३०, २०८२
समाज, राजनीति र पेशागत मार्यादाप्रति सजग भएर आफू सार्वजनिक सम्पत्ति जोगाउन खटिएको उनले बताए । तर, हुलमुलका बीचमा आफूले संयमता अपनाउन नसकेको उनको स्वीकारोक्ति छ ।
तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ
सोमबार, भदौ ३०, २०८२
पक्राउ पर्नेमा ६८ पुरुष, नौ महिला र ३२ पुरुष थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।


