आयो १६५ वटै निर्वाचन क्षेत्रको नतिजा, कुन दलका उम्मेदवारले कहाँबाट जिते?
मंगलबार, फागुन २६, २०८२
झापा ५ मा ओली हराउन कति खर्च गरेछन् बालेनले ?
सोमबार, फागुन २५, २०८२
सो निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा थिए । चुनावमा बालेनले ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।
हर्क साम्पाङः मेयर, श्रम अभियन्ता हुँदै सदनसम्मको यात्रा
सोमबार, फागुन २५, २०८२
हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गरे । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गरे।
जुम्लाको अप्रत्यासित मतपरिणामः रास्वपाकी विनिता कठायतसहित ६ जना उम्मेदवारको जमानत जफत
सोमबार, फागुन २५, २०८२
खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ ।
यी हुन समानुपातिक प्रणालीतर्फ मतगणना सुरु नै नभएका ८ निर्वाचन क्षेत्र
सोमबार, फागुन २५, २०८२
समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् ।
समानुपातिकमा ३५,३८,९७१ मत गणना हुँदा हर्क साम्पाङ र कुलमानको पार्टीको अवस्था कस्तो छ ?
आइतबार, फागुन २४, २०८२
निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११२ सिटमा जित प्राप्त गरेको छ भने अझै १३ सिटमा अग्रता लिएको छ ।
सप्तरी–३ मा उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पछि पार्दै रास्वपाका चौधरी निर्वाचित
आइतबार, फागुन २४, २०८२
निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् ।
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक‚ कस्ले कहाँ जिते?
शनिबार, फागुन २३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक‚एक जना विजयी भएका छन्। यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
कांग्रेस सभापति थापाको आभार, सम्मान र बधाई
बिहीबार, फागुन २१, २०८२
निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापति गगन कुमार थापाले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न
बिहीबार, फागुन २१, २०८२
छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
बुधबार, फागुन २०, २०८२
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
बुधबार, फागुन २०, २०८२
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

