यस्तो आयो संघीय निजामती सेवा विधेयक (पूर्णपाठ)
बिहीबार, असोज १५, २०८३
अब सुत्केरीका घरमै पुगेर आमा र नवशिशुको स्वास्थ्य जाँच गर्दै काठमाडौँ महानगर
बिहीबार, असोज १५, २०८३
यस वर्षदेखि काठमाडौँ महानगरपालिकाले आन्तरिक स्रोतबाट सुत्केरीका घरमा पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
‘जेष्ठ नागरिक अनुभव बैंक’ स्थापना हुने, मन्त्री बादी भन्छिन्– जेष्ठ नागरिक अनुभवको राष्ट्रिय सम्पदा
बिहीबार, असोज १५, २०८३
मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छन् ।
भोटेकोशी बाढीः नियमित खोजी र उद्दार समाप्त, अब खोज तथा पुनःप्राप्तिमा जाने निर्णय, बेपत्ता नागरिकको प्रमाणीकरण गर्ने
बिहीबार, असोज १५, २०८३
विद्यमान कानुनका यी लामो प्रक्रिया र बन्देजका कारण पीडित परिवारहरू तत्काल राहत तथा सामाजिक सुरक्षाबाट वञ्चित नहोऊन् भनेर कार्यकारी समितिले विशेष प्रशासनिक निकास दिने निर्णय गरेको छ । जसअनुसार बाढीमा बेपत्ता भएका नागरिकहरूको स्थायी ठेगाना रहेका सम्बन्धित स्थानीय तहले विस्तृत विवरण प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनेछन् ।
संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
बिहीबार, असोज १५, २०८३
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने, तराईमा सफा
बिहीबार, असोज १५, २०८३
देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ भने देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछः सञ्चारमन्त्री डा तिमिल्सिना
बुधबार, असोज १४, २०८३
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताएका छन् ।
एसियाली पूर्वाधार लगानी बैंकको उपसभापतिमा डा. वाग्ले, नेपाललाई हुनेछ यस्तो फाइदा
बुधबार, असोज १४, २०८३
सो बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उप–सभापतिमा निर्वाचित गरेको हो।
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
बुधबार, असोज १४, २०८३
कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ।
इटहरीमा सुरू भयो रोजगार मेला, युवालाई रोजगारीका अवसरसँग जोड्ने
बुधबार, असोज १४, २०८३
सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ।
तानसेन नगरपालिकाले माग्यो विषय विशेषज्ञ, सूची अद्यावधिक गर्न १५ दिनको समयसीमा
बुधबार, असोज १४, २०८३
पाल्पाको तानसेन नगरपालिकाले सामुदायिक विद्यालयहरूमा रिक्त प्रधानाध्यापक, करार शिक्षक तथा कर्मचारी नियुक्ति सिफारिस प्रयोजनका लागि विषय विशेषज्ञको सूची अद्यावधिक गर्ने भएको छ ।
एसियाली खेलकुद अन्तर्गत नेपालका गल्फ र जुडोका खेल सुरु
बुधबार, असोज १४, २०८३
जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत आजदेखि नेपालका गल्फ र जुडोका प्रतिस्पर्धा सुरु भएका छन्
बैंकिङ कसुरमा फरार रहेका पाण्डे पक्राउ
बुधबार, असोज १४, २०८३
बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २२ लाख रुपैयाँ बराबरको बिगो रहेका चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे पक्राउ परेका हुन् ।


