एकैपटक गरियो गृहका १०० जना कर्मचारीको सरुवा, को कहाँ ?
मंगलबार, असोज १३, २०८३
चन्द्रागिरिमा कर तिर्ने करदातालाई छुट, जरिवानामा शतप्रतिशत मिनाहा
मंगलबार, असोज १३, २०८३
काठमाडौँको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को सुरुवाती तीन महिनासम्म विभिन्न कर तथा बक्यौता रकम भुक्तानी गर्ने करदातालाई छुट दिने भएको छ।
पहिरोले ताराखोला गाउँपालिकामा थप २ जनाको मृत्यु, मृतकको संख्या १२ पुग्यो
मंगलबार, असोज १३, २०८३
केही दिनदेखि लगातार परेको वर्षाका कारण बागलुङमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ । योसँगै बागलुङमा बाढी पहिरोमा परी तीन दिनमा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने अझै एक जना बेपत्ता रहेका छन् ।
श्रीलंकासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो
मंगलबार, असोज १३, २०८३
वर्षाका कारण श्रीलंकासँगको खेल रद्द भएपछि नेपाल जापानमा जारी बीसौं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको प्रतिस्पर्धाबाट बाहिरिएको छ । मंगलबार बिहान नेपालले क्वार्टरफाइनलमा नागोयास्थित कोरोगी स्पार्टस पार्कको मैदानमा श्रीलंकासँग खेल्ने तालिका थियो । तर लगातारको वर्षासँगै खेल रद्द हुन पुगेको हो ।
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
मंगलबार, असोज १३, २०८३
सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंगलबार, असोज १३, २०८३
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
आजको राशिफल : मेषको व्यापारमा लाभ, तुलाको शैक्षिक क्षेत्रमा प्रगति, तपाईको कस्तो ?
मंगलबार, असोज १३, २०८३
भँगहा नगरपालिकामा कार्यपालिकादेखि सबै वडामा तालाबन्दी गरे मेयर साहले
सोमबार, असोज १२, २०८३
महोत्तरी जिल्लाको भँगहा नगरपालिकाको कार्यपालिकादेखि सबै वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ । मेयर संजिवकुमार साहले सोमबार नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
स्वकीय सचिवलाई रास्वपाको अभिमुखिकरण, पर्सनल असिस्टेन्ट होइन पार्लियामेन्टरी असिस्टेन्ट बन्नू
सोमबार, असोज १२, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवहरूको भूमिकालाई व्यक्तिगत सहयोगीको परम्परागत भूमिकाभन्दा माथि उठाउँदै संसदीय कामका सक्रिय सहकर्मीका रूपमा विकास गर्ने कार्यदिशा अघि सारेको छ।
भुम्लु गाउँपालिकाकाे विज्ञापन कर संकलनका लागि बोलपत्र आह्वान, न्यूनतम रकम १ लाख २० हजार
सोमबार, असोज १२, २०८३
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र विज्ञापन कर संकलन गर्ने कार्यका लागि बोलपत्र आह्वान गरेको छ।
अर्थमन्त्री डा. वाग्लेले भेटे एआईआईबी अध्यक्ष, पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह
सोमबार, असोज १२, २०८३
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ।
जीतपुरसिमरा उपमहानगरको नयाँ नियमः सहकारीको व्यवस्थापक वा सिइओ हुन ब्याचलर्स अनिवार्य
सोमबार, असोज १२, २०८३
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सहकारी संस्थाको पदाधिकारी बन्नको लागि अनुभव र शैक्षिक योग्यता तोकेको छ ।
लगातारको वर्षासँगै बाढीपहिरोले १० जनाको मृत्यु, कहाँ–कहाँ भयो क्षति ?
सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको पहिरोका कारण बागलुङमा १० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । पहिरोमा परी बागलुङमा आइतबार ९ जना र शनिबार १ जना गरी १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


