आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर
शुक्रबार, असार ५, २०८३
आज हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना
शुक्रबार, असार ५, २०८३
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया...
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबर
शुक्रबार, असार ५, २०८३
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको एटलान्ट स्टेडियममा भएको समूह ‘ए’ को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट
बिहीबार, असार ४, २०८३
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु २५ अर्ब ८८ करोड ३० लाख ५५ को बजेट ल्याएको छ ।
देवदह नगरपालिकामा खानेपानीको हाहाकार, बोरिङ सञ्चालनमा नियन्त्रण
बिहीबार, असार ४, २०८३
लामो समयदेखि परेको खडेरीका कारण जमिनमुनिको पानीको सतह घट्न गई खानेपानी आपूर्तिमा गम्भीर समस्या उत्पन्न भएपछि देवदह नगरपालिकाले बोरिङ सञ्चालन र खानेपानी संरक्षण सम्बन्धी अत्यन्त जरुरी अपिल जारी गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा भू-उपयोग वर्गीकरण सम्बन्धी पुनः सूचना जारी
बिहीबार, असार ४, २०८३
जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रको जग्गा वर्गीकरण प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेसँगै पुनः एकपटक सार्वजनिक सूचना जारी गरेको छ।
म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा दिइने, मालपोत कार्यालयहरुलाई गरियो पत्राचार
बिहीबार, असार ४, २०८३
भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ।
बिर्तामोड नगरपालिकाको किसानमैत्री कामः ९५ कृषकलाई दियो चापकटर र काउम्याट
बिहीबार, असार ४, २०८३
आधुनिक कृषि प्रविधि र उपकरणमा कृषकको पहुँच विस्तार गरी उत्पादन वृद्धि, लागत न्यूनीकरण र व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
बिहीबार, असार ४, २०८३
पहिलो नजरमा यो सामान्य व्यापारजस्तो देखिए पनि यसले भेडेटारको बदलिँदो आर्थिक र सामाजिक चित्रलाई बयान गरिरहेको छ ।
एकातिर गर्मीबाट राहत खोज्दै पहाड उक्लिने पर्यटक छन् भने अर्कोतिर उनीहरूकै आगमनले जीवन धान्ने किसान र व्यापारी ।
पछिल्ला वर्षहरूमा भेडेटार केबल चिसो मौसमको गन्तव्य मात्र बनेको छैन, यो स्थानीय कृषि उत्पादनको...
लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत पुर्याइयो बन्दोबस्तीका सामग्री
बिहीबार, असार ४, २०८३
बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पुर्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार हेलिकोप्टरमार्फत लाम्पाटा पुर्याइएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
बिहीबार, असार ४, २०८३
नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।
पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकियो
बिहीबार, असार ४, २०८३
फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा युरोपेली देश पोर्चुगल अफ्रिकी राष्ट्र डिआर कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गएराति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समुह के अन्तर्गतको खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।


