महानगरले चक्रपथमा थप्यो १६ वटा विद्युतीय बस
महानगरले चक्रपथमा थप्यो १६ वटा विद्युतीय बस महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।
खजुरा गाउँपालिकाले रद्द गर्‍यो समयमै काम नगर्नेको ठेक्का सम्झौता
खजुरा गाउँपालिकाले रद्द गर्‍यो समयमै काम नगर्नेको ठेक्का सम्झौता बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले पाँच योजनाको ठेक्का सम्झौता रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
हिमाली तथा पहाडी भागमा वर्षा, तराईमा गर्मी बढ्ने
हिमाली तथा पहाडी भागमा वर्षा, तराईमा गर्मी बढ्ने मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको...
सूर्यविनायक नगरपालिकाले गर्यो बोर्डङ स्कुलको वर्गीकरण, कुन स्कुल कुन वर्गमा ?
सूर्यविनायक नगरपालिकाले गर्यो बोर्डङ स्कुलको वर्गीकरण, कुन स्कुल कुन वर्गमा ? विद्यालयमा भएको भौतिक पूर्वाधार, शैक्षिक उपलब्धी, शिक्षण सिकाई वातावरण, अतिरिक्त क्रियाकलापलगायतका सुचकका आधारमा बोर्डिङ स्कुलहरुको वर्गीकरण गरिएको हो ।
कमलामाई नगरपालिकाद्वारा बजार क्षेत्रका जीर्ण स्टलहरू भत्काउने अन्तिम तयारी, खाली गर्न कडा निर्देशन
कमलामाई नगरपालिकाद्वारा बजार क्षेत्रका जीर्ण स्टलहरू भत्काउने अन्तिम तयारी, खाली गर्न कडा निर्देशन सिन्धुलीको कमलामाई नगरपालिकाले बजार क्षेत्रभित्र रहेका जीर्ण स्टलहरू भत्काउने कार्यलाई तीव्रता दिने भएको छ।
भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता
भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
उदय थापाः जसको गुनासो सम्बोधनको लागि ७७ जिल्ला र ७५३ स्थानीय सरकारमा पुग्यो पत्र
उदय थापाः जसको गुनासो सम्बोधनको लागि ७७ जिल्ला र ७५३ स्थानीय सरकारमा पुग्यो पत्र यसरी गुनासो गर्ने व्यक्ति उदय थापा हुन् । उनी को हुन्, कहाँका मान्छे हुन्, के पेशा व्यवसायमा आवद्ध छन् भन्ने जस्ता उनको परिचयसँग सम्बन्धित विषय भने केही खुल्दैन ।
जीतपुरसिमरा–१८ ले किन बोलायो सबै आइएसपीहरुलाई वडामा ?
जीतपुरसिमरा–१८ ले किन बोलायो सबै आइएसपीहरुलाई वडामा ? वडाध्यक्ष चतुरबाबु वाग्लेले सार्वजनिक सुचना प्रकाशित गरी सबै सेवा प्रदायकलाई जेठ २२ गते ११ बजे वडा कार्यालयमा उपस्थित हुन भनेका हुन् ।
कोन्ज्योसोम गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने
कोन्ज्योसोम गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने यो कार्यक्रममा सहभागी हुनको लागि अपाङ्गता परिचयपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्र, पासपोर्ट साइजनको फोटो र पारिवारिक विवरण उपलब्ध गराउनु पर्ने गाउँपालिकाको भनाइ छ ।
मानव पाइला परेको जेठो हिमाल अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा
मानव पाइला परेको जेठो हिमाल अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।
Weather Update