बारेकोट गाउँपालिकामा गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ
बुधबार, पुस १६, २०८२
मधेशको मन्त्रिपरिषद्मा थपिए ६ मन्त्री
बुधबार, पुस १६, २०८२
शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेश प्रदेश सरकारको प्रशासनिक गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ ।
जुटे पूर्व पञ्चहरूको दल, राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण
बुधबार, पुस १६, २०८२
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए।
घट्यो पेट्रोल र डिजेलको मूल्य, यस्तो छ सूची
बुधबार, पुस १६, २०८२
इण्डियन आयल कर्पोरेशनबाट आज बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रू. ४।१९ ले, डिजेलमा रू. ५।०६ ले, र हवाई इन्धनमा प्रतिलिटर रू. ८।१५ ले घटेर आएको निगमले जनाएको छ । तर, एलपी ग्याँसमा भने प्रतिसिलिण्डर रू. १००। ३५ ले बढेर आएको निगमको भनाइ छ ।
हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजनामा रहेको उपप्रमुख डङ्गोलको भनाइ
बुधबार, पुस १६, २०८२
यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरपालिकाले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा एउटा ‘नमुना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना बनाएको छ । केन्द्रका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भनिन्,‘यस प्रकारको सेवा नयाँ हो । नयाँ काम गर्दा यसका प्रभाव मूल्याङ्कन गर्दै जानुपर्छ । प्रारम्भ गरिएका...
रास्वपाले समानुपातिक सूची सच्याउने
बुधबार, पुस १६, २०८२
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।
भेडेटारमा तीन दिने खाना महोत्सव सुरु
बुधबार, पुस १६, २०८२
‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ।
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना
बुधबार, पुस १६, २०८२
यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज सो कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए।
मेचीनगरका नगर प्रहरी र जनप्रनिधिलाई विपद् व्यवस्थापन तालिम
बुधबार, पुस १६, २०८२
सम्भावित विपद्को सामना र प्रभावकारी व्यवस्थापन गर्ने विषयमा सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले नगरको विपद्मा अग्र पङ्क्तिमा खटिने ३० जनालाई तालिम दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए।
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
बुधबार, पुस १६, २०८२
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
बाक्लो कुहिरो र हुस्सुले दाउन्ने खण्डमा समस्या, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
बुधबार, पुस १६, २०८२
बाक्लो कुहिरो र हुस्सुका कारण नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
चिसोले घोराही उपमहानगरपालिकाका विद्यालय बन्द
बुधबार, पुस १६, २०८२
दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ ।
धार्चे गाउँपालिकाको रुन्चेत गाउँमा ४ दिनदेखि छैन बिजुली
बुधबार, पुस १६, २०८२
जिल्लाको उत्तरी भेगमा अवस्थित दुर्गम रुञ्चेत गाउँ बिगत तीनदिनदेखि विद्युतसेवा विहिन भएको छ ।

-1725017356.jpg)
