विराटनगर महानगरपालिकाले ल्यायो आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोडको बजेट
बुधबार, असार १०, २०८३
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको
बुधबार, असार १०, २०८३
हुन त जनताले विगत ५ वर्षकै मूल्यांकन गर्ने भएपनि छिट्टै विर्सने र क्षमादान दिने नेपाली स्वभावका कारण यो एक वर्ष अबको स्थानीय तह निर्वाचनको सबैभन्दा प्रमुख मानक समय हुनेछ ।
काठमाडौँ महानगरमा सहकारीबाट सबा ५ अर्ब बचत फिर्ता गराउन ६ हजार बचतकर्ताको निवेदन
बुधबार, असार १०, २०८३
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ५ अर्ब २७ करोड रुपैयाँ बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन निवेदन परेको छ ।
देशभरका ७५३ स्थानीय सरकारले बजेट ल्याउने आज अन्तिम दिन
बुधबार, असार १०, २०८३
मन्त्रालयको प्रणालीमा प्रविष्ट भएका आधारमा हेर्दा ६७७ स्थानीय सरकारले अझै पनि बजेट ल्याएका छैनन् र आज बजेट ल्याउने अन्तिम दिन हो ।
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
बुधबार, असार १०, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
बुधबार, असार १०, २०८३
नेपाल सरकारले आदिवासी जनजाति, लोपोन्मुख र सीमान्तकृत समूह भनेर सूचीकृत गरेको छ । ती समुदायमध्ये गण्डकी प्रदेशमा लोपोन्मुख तथा सीमान्तकृत समूहमा पर्ने कुसुण्डा, दरै, बोटे भुजेल, हायु, थकाली, छन्त्याल, बरामलगायत समुदायको बसोबास छ ।
राज्यले समावेशीकरण, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायका नीति अघि सारे पनि कुसुण्डाका साथै दरै (दराई), बोटे...
२५ अर्ब ५५ करोडका १० हजार ८४५ विद्युतीय सवारी आयात
बुधबार, असार १०, २०८३
चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रूपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
दिक्तेल रुपाकोट नगरपालिकाले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
बुधबार, असार १०, २०८३
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औं नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिन
बुधबार, असार १०, २०८३
कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
इङ्ल्याण्ड र घानाले अंक बाँड्दा क्रोएसियाको पहिजो जित
बुधबार, असार १०, २०८३
फिफा विश्वकप अन्तर्गत आज बिहान सम्पन्न खेलमा इङ्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन्।
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
बुधबार, असार १०, २०८३
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
रोनाल्डोको कीर्तिमानमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
बुधबार, असार १०, २०८३
फिफा विश्वकप प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’ बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए ।


