कृषि मन्त्री चौधरी भन्छिन्– धान उत्पादन बढाउन प्रविधि र सहकार्य अपरिहार्य
सोमबार, असार १५, २०८३
खाडीबाट फर्केर गाईपालन, मासिक दुई लाख आम्दानी
शनिबार, असार १३, २०८३
रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।
धनपालथान गाउँपालिकाले धानबालीको झारनासक विषदीमा ५० प्रतिशत अनुदान दिने
मंगलबार, असार ९, २०८३
गाउँपालिकाले चालु आर्थिक वर्षको कृषि बिकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बिषादी वितरण गर्न लागिएको गाउँपालिकाको प्रमुख प्रशाुसकीय अधिकृत रीता खतिवडाले जानकारी दिइन् ।
पौवादुङमा गाउँपालिकाले दियो २१ वटा कृषि फर्मलाई ३० लाख रुपैयाँ अनुदान
मंगलबार, असार ९, २०८३
भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन स्वरुप २१ फर्मलाई ६० लाख रुपैयाँ बराबरको सहयोग कार्यक्रम संचालन गरेको छ ।
कृषि क्षेत्रमा गएको १० वर्षको अनुदानको छानविन हुने, मन्त्री चौधरीले बनाइन ५ सदस्यीय समिति
शुक्रबार, असार ५, २०८३
सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्ने समयसीमा दिइएको छ ।
बिर्तामोड नगरपालिकाको किसानमैत्री कामः ९५ कृषकलाई दियो चापकटर र काउम्याट
बिहीबार, असार ४, २०८३
आधुनिक कृषि प्रविधि र उपकरणमा कृषकको पहुँच विस्तार गरी उत्पादन वृद्धि, लागत न्यूनीकरण र व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
बिहीबार, असार ४, २०८३
पहिलो नजरमा यो सामान्य व्यापारजस्तो देखिए पनि यसले भेडेटारको बदलिँदो आर्थिक र सामाजिक चित्रलाई बयान गरिरहेको छ ।
एकातिर गर्मीबाट राहत खोज्दै पहाड उक्लिने पर्यटक छन् भने अर्कोतिर उनीहरूकै आगमनले जीवन धान्ने किसान र व्यापारी ।
पछिल्ला वर्षहरूमा भेडेटार केबल चिसो मौसमको गन्तव्य मात्र बनेको छैन, यो स्थानीय कृषि उत्पादनको...
खोलागाउँका किसानलाई अनुदानमा मौरीका घार वितरण
बुधबार, असार ३, २०८३
जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ ।
कावासोती नगरपालिकाले दियो १० कृषि फर्मलाई कृषियन्त्र, कसले के पाए ?
सोमबार, असार १, २०८३
नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाले १० कृषि फर्मलाई पशुपन्छी तथा मत्स्य यन्त्र तथा उपकरण प्रदान गर्नको लागि लाभग्राही छनोट गरेको छ ।
निसिखोला गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
आइतबार, जेठ ३१, २०८३
निसीखोला गाउँपालिकाका अधिकांश किसान परम्परागत रुपमा भेडापालन गर्दै आएका छन् । एउटै परिवारले सयौंको सङ्ख्यामा भेडापालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन् । किसानलाई व्यावसायिक बनाउन निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ । चालु आर्थिक वर्षमा भेडापालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ ।
भारतले नेपाली चियामा कडाइ गरेपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
आइतबार, जेठ ३१, २०८३
भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ ।
पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान दिदै इच्छाकामना गाउँपालिका
शुक्रबार, जेठ २९, २०८३
चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।


